घटस्थापनासहित बडादसैंँ सुरु

2 महीना पहिले प्रकाशित

जनकपुरधाम, असोज ६ गते । हिन्दूहरूको महान् पर्व बडादसैंँ आजदेखि विधिपूर्वक घटस्थापनासँगै सुरु भएको छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिनसम्म धूमधामका साथ मनाइने यो पर्वमा देवी दुर्गाको आह्वान गरी पूजा आराधना गरिन्छ । आज बिहानै साइत अनुसार ९ः१३ बजे घरघरमा दियो, कलश र गणेश स्थापना गरेर पूजा आरम्भ गरिएको छ । वैदिक विधिअनुसार जमरा राख्ने प्रचलन छ, जसलाई विजयादशमीका दिन टीका र प्रसादसँगै ग्रहण गरिन्छ ।

नवरात्रभर महाकाली, महालक्ष्मी र महासरस्वतीसहित नौ दुर्गाको आह्वान गरी आराधना गर्ने परम्परा छ । सातौँ दिन फूलपाती भित्र्याउने, महाअष्टमी र महानवमीका दिन बलिपूजा गर्ने र विजयादशमीमा देवीको प्रसाद ग्रहण गर्ने धार्मिक विधि प्रचलित छ । यस वर्ष विजयादशमी असोज १६ गते परेको छ भने टीकाको साइत बिहान ११ः५३ बजे उत्तम मानिएको छ । काठमाडौंको हनुमानढोकासहित देशभरका शक्तिपीठमा भक्तजनको भीड लाग्ने यस पर्वलाई पारिवारिक पुनर्मिलनको अवसरका रूपमा समेत मनाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?