ईस्लामिक रिलिफ वर्लडवाइड क्यानडाका कर्मचारी गैर कानुनि रुपमा रौतहटमा कार्यरत
21 दिन पहिले प्रकाशित

जनकपुरधाम, असोज ५ गते । ईस्लामिक रिलिफ वर्लडवाइड, क्यानडाको साझेदार संस्था ग्रामिण विकास केन्द्र नेपाल रौतहटमा श्याम पाण्डा नामको व्यक्ति १ बर्ष देखि गैर कानुनि रुपमा कार्यरत रहेको खुल्नमा आयको छ । ईस्लामिक रिलिफ वर्लडवाइड, क्यानडाको तर्फ वाट लगभग १ बर्ष देखी ग्रामिण विकास केन्द्र नेपाल को मुख्य कार्यालय गौरमा कार्यरत रहेको श्याम पाण्डा भन्ने गैर नेपाली व्यक्तिले नेपाल सरकारको कानुन विपरित्त अर्थात श्रम ऐन २०७४ को परिच्छेद ६ को श्रम इजाजत सम्बन्धि व्यवस्था अनुसार कुनै विदेशी श्रमिकले नेपालमा काम गर्नको लागी श्रम स्वीकृती लिनु पर्ने अनिवार्य व्यवस्थाको विपरित श्रम स्वीकृती लियको छैन, त्यसै गरि आयकर ऐन २०५८ को ८ बमोजिम गैरबासिन्दा प्राकृतिक व्यक्तिको कर सम्वन्धिको ब्यबस्थामा आम्दानीको २५ प्रतिशत कर तिर्नु पर्ने ब्यबस्था छ तर अवैध रुपमा मासिक अनमानित ६ लाख देखि ७ लाख सम्म तलवमान खादै कामकाज गर्दै सरकारलाई दिनु पर्ने नोकरी वापतको लाँखौको आयकर छली गरी हेपहा शैली तथा नेपाल देशको गृह, अध्यागमन तथा राजस्व कानुन विपरित मा काम गरी रहेको बुझिन आयको छ।
यस बिषय लगायत INGO को कर्मचारी हु भन्दै RDC NGO को कर्मचारी बाट धाकधम्की र प्रलोभन दिएर अनैतिक कार्यहरु गराउँदै आएको लगायतको विषय समेटिएर जिल्ला प्रशासन कार्यालय रौतहटमा उजुरी समेत परेकोमा छनविन भई रहेको छ ।
तर यो छानविन लाइ बेवास्ता गरि हाल सम्म पनि कार्यरत रहेको बुझिन आयको छ। इस्लामिक रिलिफ जस्ता INGO ले नेपाल सरकारको कानुनको धजी उडाउँदै आफ्नो कर्मचारी लाई नीति नियम भित्र राख्नु को साटो हाल सम्म कुनै कारवाही नगर्नु ले झनै शंका उत्पन्न भएको छ । श्याम पाण्डा भन्ने कर्मचारी को गतिविधि नै संकास्पद रहेको र कर्मचारी आचरण शून्य रहेको एक पीडित सरोकारवाला ले गुनासो गरेको छ । निज लाई कानुनी दायरामा नलाएको खण्डमा अब हामी पीडित हरु नै कारवाही गर्नु पर्ने दिन आउन सक्ने भनी आक्रोश व्यक्त गरेकाछन् । नेपालमा यस्ता थुप्रै INGO हरु छन् जसले सरकारको कानुन विपरीत काम गर्दै आइरहेका छन् । श्याम पाण्डासँग यसबारे प्रतिक्रिया लिन खोज्दा उनको मोबाइल बन्द रहेको जनाइएको छ।
कमेन्ट गर्नुहोस्
view comments