पितृपक्ष समापनसँगै दुर्गापक्षको शुरुवात

21 दिन पहिले प्रकाशित

काठमाडौं, असोज ५ गते ।  आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष आइतबार दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिएको छ। पितृपक्ष १५ तिथिसम्म चल्ने भएकाले यसलाई सोह्र श्राद्ध पनि भनिन्छ। सोमबार आश्विन शुक्ल प्रतिपदाका दिन मातामह अर्थात् आमाको बुबाको श्राद्ध गर्ने वैदिक परम्परा छ।

पितृपक्षमा पशुपतिनाथ, गोकर्णेश्वर, उत्तरगया, बेत्रावती, देवघाट र त्रिवेणी जस्ता तीर्थस्थलमा श्रद्धालुहरूको घुइँचो लाग्ने गर्दछ। वैदिक सनातन परम्पराअनुसार चाडपर्व वा ठूलो कार्य अघि दिवङ्गत पितृलाई श्रद्धा–भक्तिपूर्वक सम्झिने यस संस्कारपछि दुर्गापक्ष अर्थात् बडादसैँको शुरुवात हुने प्रचलन छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?