राष्ट्रपतिद्वारा नागरिकता सम्बन्धी विधेयक प्रमाणीकरण
21 दिन पहिले प्रकाशित

काठमाडौं, असोज ५ गते । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदबाट पारित भई पेस भएको नागरिकता सम्बन्धी विधेयकलाई प्रमाणीकरण गरेका छन्। राष्ट्रपतिको कार्यालयका अनुसार संविधानको धारा ११३ को उपधारा (२) बमोजिम विधेयकलाई प्रमाणीकरण गरिएको हो।
यससँगै नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक कार्यान्वयनमा आउने बाटो खुलेको छ। लामो समयदेखि बहसमा रहेको नागरिकता मुद्दा समाधानतर्फ अघि बढ्ने अपेक्षा गरिएको छ।
कमेन्ट गर्नुहोस्
view comments