प्रधानमन्त्री कार्यालय मातहतका तीन विभाग फिर्ता गर्ने तयारी
21 दिन पहिले प्रकाशित

काठमाडौं, असोज ५ गते । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत राखिएका राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राष्ट्रिय अनुसन्धान (गुप्तचर) विभाग सम्बन्धित मन्त्रालयमा फिर्ता गर्ने तयारी भएको छ। आइतबार हुने मन्त्रिपरिषद् बैठकले राजस्व तथा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अर्थ मन्त्रालयमा र राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालयमा फर्काउने निर्णय गर्ने सम्भावना रहेको स्रोतले जनाएको छ।
यी निकायहरूलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ फागुन १६ गते आफ्नै कार्यालय मातहत ल्याएका थिए। तर २०७८ मा शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा फिर्ता गर्ने विषयमा बहस भए पनि उनले पहल नगरेका कारण विभागहरू प्रधानमन्त्री कार्यालयकै मातहत रहेका थिए।
कमेन्ट गर्नुहोस्
view comments