डा. महावीर पुनलाई मन्त्री बन्न प्रस्ताव, अन्तरिम सरकार विस्तारको तयारी

21 दिन पहिले प्रकाशित

काठमाडौं, असोज ५ गते ।  अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले वैज्ञानिक तथा सामाजिक अभियन्ता डा. महावीर पुनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीका रूपमा सरकारमा सामेल हुने प्रस्ताव गरेकी छन्। मन्त्रिपरिषद् विस्तारको तयारीका क्रममा कार्कीले विभिन्न व्यक्तिसँग परामर्श गर्दै पुनलाई जिम्मेवारी लिन आग्रह गरेकी हुन्। स्रोतका अनुसार छलफलपछि पुन मन्त्री बन्न सहमत भएका छन्। जेनजी आन्दोलनपछि ओली सरकार ढलेसँगै बनेको अन्तरिम सरकारमा हालसम्म तीन मन्त्री मात्र रहेका छन्।

भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त भएकी पूर्वप्रधानन्यायाधीश कार्कीले हालसम्म रामेश्वर खनाललाई अर्थ मन्त्रालय, कुलमान घिसिङलाई ऊर्जा, जलस्रोत, सिँचाइ, शहरी विकास र भौतिक पूर्वाधार मन्त्रालय तथा ओमप्रकाश अर्याललाई गृह तथा कानुन मन्त्रालयको जिम्मेवारी दिएकी छिन्। अब पुनलाई सरकारमा ल्याउनुपर्ने आवाज बढेको छ। ग्रामीण क्षेत्रमा इन्टरनेट विस्तार, अनुसन्धान र नवप्रवर्तनमा उल्लेखनीय योगदान पु¥याएका पुन रोमन म्यागासेसे पुरस्कार विजेता समेत हुन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?