मन्त्री घिसिङको कडा अडान : ‘जीर्ण आयोजना ठेक्का तोडेर नयाँ प्रक्रियामा लैजान्छौं’
23 दिन पहिले प्रकाशित

काठमाडौं,असोज ३ गते । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार र शहरी विकास मन्त्रालयअन्तर्गत लामो समयदेखि अलपत्र रहेका जीर्ण आयोजना अब ठेक्का तोडेर नयाँ प्रक्रियामा लैजाने तयारी भएको छ। मन्त्री कुलमान घिसिङले मन्त्रालयका सचिव र विभागीय प्रमुखहरुलाई तत्काल जीर्ण आयोजनाको सूची तयार पार्न निर्देशन दिँदै काम नगर्ने निर्माण व्यवसायीलाई अब संरक्षण नहुने स्पष्ट पारे।
उनले ठूला पूर्वाधार आयोजनाहरु तोकिएको समय र गुणस्तरमा सम्पन्न नभएकाले मुलुकले ठूलो आर्थिक क्षति बेहोर्नुपरेको र नागरिक लाभबाट वञ्चित भएको बताए। सुनकोशी मरिण बहुउद्देश्यीय आयोजना, तीन पटकभन्दा बढी ढिलाइ भएका सडक र सयभन्दा बढी पुल निर्माण योजना समेत अलपत्र रहेका उदाहरण दिँदै घिसिङले जीर्ण ठेक्का तोडी नयाँ प्रक्रिया अगाडि बढाउनुपर्नेमा जोड दिए।
कमेन्ट गर्नुहोस्
view comments