प्रधानमन्त्री कार्की : ‘जनआवाजको सुनुवाइ नै लोकतन्त्रको आत्मा’

23 दिन पहिले प्रकाशित

काठमाडौं,असोज ३ गते । प्रधानमन्त्री सुशीला कार्कीले जनताका बदलिएका आवश्यकता र आकांक्षाप्रति राज्य संयन्त्र संवेदनशील बन्नुपर्नेमा जोड दिएकी छिन्। संविधान दिवसका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले पछिल्लो आन्दोलनले उठाएका सुधारका मागलाई बेवास्ता गर्न नसकिने प्रष्ट पार्दै सबै पक्षका भावना समेटेर काम गर्ने प्रतिबद्धता जनाइन्।

कार्कीले जनआवाजको सुनुवाइ नै लोकतन्त्रको आत्मा भएको उल्लेख गर्दै, आवश्यक संस्थागत पुनर्संरचना र कानूनी परिमार्जनमार्फत सार्वजनिक सेवा र विकासलाई चुस्त, प्रभावकारी र जनमुखी बनाउनुपर्नेमा जोड दिइन्। संविधानको मर्मअनुरूप काम गर्न आवश्यक रहेको उल्लेख गर्दै उनले जनतामा रहेका असन्तुष्टिलाई क्रमशः सम्बोधन गर्दै जाने आश्वासन दिइन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?