मुख्यमन्त्री सिंहको अडान: ‘राजीनामा दिँदिन, संसद सामना गर्छु’

23 दिन पहिले प्रकाशित

जनकपुरधाम, असोज ३ गते । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आफू कुनै पनि हालतमा राजीनामा नगर्ने प्रष्ट पारेका छन्। संविधान दिवसको अवसरमा मधेस भवनमा शुक्रबार आयोजित कार्यक्रममा उनले कसैले चाहेर वा षड्यन्त्र गरेर पदत्याग गर्न बाध्य बनाउन नसक्ने बताएका हुन्। सिंहले संघीयता र संविधानको रक्षा गर्न आफ्नो पदमा अडिग रहेको बताउँदै, विश्वासको मत संसदबाट नपाएमात्र राजीनामा दिने स्पष्ट संकेत दिएका छन्।

उनले जेनजी आन्दोलनको क्रममा क्षति थप नहोस् भन्ने भावनाले सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गरे पनि हाल दृढतापूर्वक पदमा रहने अठोट व्यक्त गरे। सिंहले दुई दिनको आन्दोलनमा भएको भौतिक क्षति दशकौंको जनयुद्धको क्षतिभन्दा ठूलो भएको दाबी गर्दै, मधेसी जनताले आफ्ना बलिदानबाट स्थापित संघीयतालाई जोगाउन एकजुट हुनुपर्नेमा जोड दिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?