बागमती किनारमा अज्ञात पुरुषको शव फेला

23 दिन पहिले प्रकाशित

जनकपुरधाम, असोज ३ गते । रौतहटको राजदेवी नगरपालिका–४ मा शुक्रबार बिहान एक अज्ञात पुरुषको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय गौरका डीएसपी राजु कार्कीका अनुसार गडहिया घाटस्थित बागमती नदी किनारमा करिब ४० वर्षीय पुरुषको शव भेटिएको हो। हालसम्म मृतकको पहिचान खुलेको छैन र घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

घटनास्थलमा पुगेका प्रहरी निरीक्षक रुद्र कँडेलले शवको मुचुल्का गरिसकिएको र स्थानीयहरूसँग सोधपुछ भइरहेको जानकारी दिए। प्रहरीले शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा पठाएको छ। घटनाको प्रकृति खुल्न बाँकी रहेकाले थप अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?