स्थानीय तहमा खाता सञ्चालन साविककै अधिकृतमार्फत हुने
2 महीना पहिले प्रकाशित
जनकपुरधाम, असोज ३ गते । रौतहटका १४ वटा स्थानीय तहमा साविकका निमित्त प्रमुख प्रशासकीय अधिकृतकै नाममा खाता सञ्चालन गर्ने निर्णय भएको छ। प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काको निर्देशनमा कोष तथा लेखा नियन्त्रक कार्यालयलाई यस्तो व्यवस्था गर्न भनिएको हो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तोकेका दरबन्दीअनुसारका प्रमुख प्रशासकीय अधिकृत हाजिर नभएसम्म तलब, भत्ता र अत्यावश्यक खर्चको भुक्तानी सुनिश्चित गर्न यो निर्णय गरिएको प्रशासनले जनाएको छ। दशैँमा कर्मचारीलाई तलब वितरणमा समस्या नहोस् भनेर तत्कालका लागि खाता सञ्चालन गर्ने कदम उठाइएको हो।
यसअघि १८ मध्ये ४ वटा स्थानीय तहले मात्र खाता सञ्चालन गरेका थिए, तर बाँकी १४ स्थानीय तह प्रमुख प्रशासकीय अधिकृत नहुँदा प्रभावित बनेका थिए। नयाँ जिम्मेवारी नपाएका कर्मचारीको नाममा खाता सञ्चालन गर्न लागेपछि व्यापक विरोध भएपछि कोष तथा लेखा नियन्त्रक कार्यालयले सञ्चालन भइसकेका खातासमेत रोक्का गरेको थियो। विवादपछि जिल्ला प्रशासन कार्यालयले बिहीबार १८ वटै स्थानीय तहसँग सुशासन र पारदर्शिताका लागि १९ बुँदे प्रतिबद्धता पत्रमा हस्ताक्षर गराएको छ, जसमा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, कोष नियन्त्रक र सुरक्षा निकायका पदाधिकारी पनि सहभागी भएका थिए।
कमेन्ट गर्नुहोस्
view comments