प्रजातन्त्र सेनानी गणेशमान सिंहको २८औँ स्मृति दिवस
2 घन्टा पहिले प्रकाशित

काठमाडौं,असोज २ गते । प्रजातन्त्र पुनःस्थापनाका लागि २०४६ सालको जनआन्दोलनका सर्वोच्च ‘कमान्डर’का रूपमा परिचित नेता गणेशमान सिंहको २८औँ स्मृति दिवस आज विभिन्न कार्यक्रमसहित मनाइँदै छ। १९७२ साल कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीस्थित चाक्सीबारीमा जन्मिएका सिंहको निधन २०५४ साल असोज २ गते भएको थियो।
२०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न आग्रह गर्दा पनि सिंहले त्यो जिम्मेवारी समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई दिँदै राजनीतिमा अद्वितीय त्यागको उदाहरण प्रस्तुत गरेका थिए। आजको दिन नेपाली कांग्रेसका भ्रातृ तथा शुभेच्छुक संस्थाहरूले स्मृति दिवसका अवसरमा विविध कार्यक्रम आयोजना गरेका छन्।
कमेन्ट गर्नुहोस्
view comments