जेनजी आन्दोलनपछिको पहिलो इजलास, सर्वोच्च टेन्टभित्र सञ्चालन हुने

2 घन्टा पहिले प्रकाशित

काठमाडौं,असोज २ गते ।  जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट ध्वस्त भएको सर्वोच्च अदालतमा बिहीबार पहिलोपटक इजलास बस्ने भएको छ। भवन प्रयोग गर्न नसक्ने अवस्थामा सर्वोच्चले अस्थायी रूपमा अदालत परिसरमै टेन्ट लगाएर इजलास सञ्चालन गर्ने तयारी गरेको हो।

नौ दिनपछि पहिलोपटक लाग्ने इजलासमा बन्दीप्रत्यक्षीकरणका मुद्दा मात्र सुनुवाइ हुने छन्। सर्वोच्च प्रशासनका अनुसार दुईवटा एकल इजलास बस्नेछन्। हालैका विरोध प्रदर्शनले सर्वोच्चसहित देशभरका विभिन्न अदालतलाई ठूलो क्षति पुर्‍याएको छ, जसमा तोडफोड, आगजनी र लुटपाट प्रमुख कारण बनेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?