दशैं–तिहारका लागि नेपाली केरा पर्याप्त, व्यवसायीले आयात नगर्न आग्रह
2 महीना पहिले प्रकाशित
काठमाडौं, असोज १ गते । नेपाल केरा उत्पादक महासङ्घले यस वर्ष दशैं, तिहार र छठ पर्वका लागि नेपालमै उत्पादित केराले पर्याप्त आपूर्ति गर्न सक्ने भन्दै आयात नगर्न व्यवसायीहरूलाई अपिल गरेको छ । महासङ्घका केन्द्रीय अध्यक्ष विष्णुहरि पन्तका अनुसार हाल देशभर केरा उत्पादन उत्साहजनक रहेको र सो उत्पादनले चाडपर्वमा आवश्यकतापूर्वक माग धान्न सक्ने भएकाले आयात आवश्यक नरहेको स्पष्ट गरिएको हो । उनले आयात हुँदा वैदेशिक व्यापार घाटा बढ्ने, रोजगारीमा प्रत्यक्ष असर पर्ने र नेपाली व्यवसायिक केरा उत्पादक किसान विस्थापित हुन सक्ने जोखिम रहेको बताए ।
चितवन, कैलाली, कञ्चनपुर, बर्दिया र नवलपरासीका केरा उत्पादक सङ्घका पदाधिकारीहरूले संयुक्तरूपमा हस्ताक्षर गरी विज्ञप्ति जारी गर्दै आयातमा रोक लगाउन माग गरेका छन् । उनीहरूले आयात निरुत्साहित गरी नेपाली उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने र यसले किसानलाई संरक्षण दिनेसहित देशको अर्थतन्त्रलाई समेत सुदृढ बनाउने तर्क गरेका छन् ।
कमेन्ट गर्नुहोस्
view comments