जेनजी आन्दोलनमा मृतकको संख्या ७३ पुग्यो, प्रहरीसहित धेरैको ज्यान गयो

14 घन्टा पहिले प्रकाशित

काठमाडौँ, भदौ ३१ गते ।  भदौ २३ र २४ मा भएका जेनजी प्रदर्शन र त्यसपछिका घटनामा मृत्यु हुनेको संख्या ७३ पुगेको छ। प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार, मृतकमध्ये तीनजना प्रहरी र बाँकी प्रदर्शनकारी तथा सर्वसाधारण नागरिक रहेका छन्। प्रहरीतर्फ असई मिलन राय, सहायक हवल्दार अमृत गुरुङ र जवान उत्तम थापाको ज्यान गएको छ।

नयाँ बानेश्वर क्षेत्रमा भएको गोलीकाण्डमा मात्र २१ जनाले ज्यान गुमाए। उनीहरूमध्ये प्रदर्शनकारी बुद्धिबहादुर तामाङ, सन्तोष बिक, सुलभराज श्रेष्ठ, श्रीयम चौलागाईं, ईस्वत अधिकारी, आयुष थापा मगर, सौरभ जोशी, योग बहादुर श्रेष्ठ, माधव सारुमगर, बिमल बावु भट्ट, असहाव आलम ठकुराई, शौरन किशोर श्रेष्ठ, सुवास कुमार बोहरा, रसिक खतिवडा, विनोद महर्जन, दिल नारायण तामाङ, योगेन्द्र न्यौपाने, छत्रमान कुथुमी, ओझन बुढा, अविषेक श्रेष्ठ र मोहन सरदार ‘चंखे’ रहेका छन्। साथै, भदौ २४ मा भएको लुटपाट र आगजनीमा ३८ जनाको मृत्यु भएको छ। भाटभटेनी सुपरमार्केट र निजी घरहरूमा जलेका १५ जनाको शव भेटिएको छ भने कैदीबन्दी तथा बालबन्दीतर्फ १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?