जनकपुरधाममा लुटिएको राइफलसहित दुई पक्राउ

9 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, भदौ ३१ गते ।  ‘जेनजी’ आन्दोलनपछि देखिएको प्रदर्शनका क्रममा मधेस प्रदेश लोक सेवा आयोगको कार्यालयबाट लुटिएको हतियारसहित दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। जनकपुरधाम उपमहानगरपालिका–९ का ३७ वर्षीय मनिषकुमार अधिकारी र २१ वर्षीय सन्तोषकुमार यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनीहरूलाई आयोगको कार्यालयमा सुरक्षार्थ खटिएका प्रहरीकै एसएलआर राइफल र ५० राउण्ड गोलीसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रहरीका अनुसार, कार्यालयमा तोडफोड, आगजनी र लुटपाट गर्ने क्रममा हतियार चोरी भएको थियो। घटनाको ‘सिसिटिभी’ फुटेजको आधारमा आरोपीलाई पहिचान गरी पक्राउ गरिएको हो। भाडाको घरमा रहेको आयोग कार्यालयभित्र चारपाङ्ग्रे गाडी चार थान, मोटरसाइकल चार थान, सिसीटिभी क्यामरा लगायतका सामग्री तोडफोड र आगजनी भएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?