सरकारको निर्णय : असोज १ गते शोक दिवस, सहिद परिवारलाई १५ लाख क्षतिपूर्ति

14 घन्टा पहिले प्रकाशित

काठमाडौँ, भदौ ३१ गते ।  सरकारले बुधबार (असोज १ गते) देशभर शोक दिवस मनाउने घोषणा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेन–जी आन्दोलनमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्ने निर्णय गरेको हो। सो अवसरमा सार्वजनिक बिदा दिने व्यवस्था मिलाइएको छ।

गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार, मृतकहरूलाई सहिद घोषणा गरी राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिने छ। सरकारले पीडित परिवारलाई राहतस्वरूप १५ लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ। यसअघि घोषणा गरिएको १० लाख रुपैयाँमा थप ५ लाख रुपैयाँ वृद्धि गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?