‘मलाई माननीय नभन्नुहोस्’ : मन्त्री कुलमान घिसिङको आग्रह

17 घन्टा पहिले प्रकाशित

काठमाडौं, भदौ ३० गते ।उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेलगत्तै आफूलाई ‘माननीय’ भनेर सम्बोधन नगर्न आग्रह गरेका छन्। सोमबार मन्त्रालय प्रवेशपछि उनले आफूलाई साधारण जिम्मेवारी बोकेको जनप्रतिनिधि मात्र ठान्न आग्रह गर्दै जनताको पक्षमा निष्ठापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

घिसिङले आफ्नो कार्यकालभरि पारिश्रमिक तथा भत्ता नलिने घोषणा पनि गरेका छन्। बरु तलब–भत्ताबाट आउने सम्पूर्ण रकम सहिद परिवारका लागि निर्माण गरिएको कोषमा जम्मा गर्ने निर्णय उनले सार्वजनिक गरे। उनले भने, “मेरो प्राथमिकता देश र जनताको हितमा काम गर्नु हो, पदको विशेष सम्बोधन वा विशेष सुविधा होइन।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?