मधेश प्रदेश सभा सचिवालयद्वारा चोरी मालसामान फिर्ता र सूचना आह्वान
11 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, भदौ ३० गते । मधेश प्रदेश सभा सचिवालयले भदौ २४ गते सचिवालय र प्रदेश सभाको परिसरमा भएको आगजनी, तोडफोड तथा लुटपाटका घटनापछि चोरी भएका भौतिक सामान फिर्ता गराउन आह्वान गरेको छ। अनुगमन र निरिक्षणका आधारमा सचिवालयका कम्प्युटर, ल्यापटप, प्रिन्टर, स्क्यानर, टिभी, क्यामरा, मोनिटर, माइक, स्पीकर, फोटोकपी मेशिन, एसी लगायतका विद्युतीय उपकरण अनधिकृत व्यक्तिले लगेको पाइएको छ।
सचिवालयले ती सामान फिर्ता गर्न वा तिनको स्थान र जिम्मेवार व्यक्तिको जानकारी उपलब्ध गराउन हार्दिक अनुरोध गरेको छ। चोरीको भिडियो भए त्यसको पनि उपलब्ध गराउन आग्रह गरिएको छ। सूचना दिने व्यक्तिको परिचय गोप्य राखिने व्यवस्था गरिएको छ। सम्पर्कका लागि सहायक शाखा अधिकृत कल्पना कुमारी कर्ण (९८४८४२३४८८) र कार्यालय सहयोगी महेन्द्र यादव (९८१४८२०६९५) सँग सम्पर्क गर्न सकिन्छ।
कमेन्ट गर्नुहोस्
view comments