गृह तथा कानुनमन्त्री अर्यालको निर्णय : मृतक परिवारलाई राहत, राष्ट्रिय शोक दिवस घोषणा
18 घन्टा पहिले प्रकाशित

काठमाडौं, भदौ ३० गते । गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले पदबहालीलगत्तै भदौ २३ र २४ गतेको घटनामा ज्यान गुमाएकाका परिवारलाई काजकिरियाबापत प्रतिपरिवार एक लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेका छन्। सोमबार पदभार ग्रहण गर्दै उनले पीडित परिवारको पीडामा साथ दिने उद्देश्यले तत्कालीन राहतको व्यवस्था गरिएको जानकारी दिए।
मन्त्री अर्यालले राष्ट्रिय झन्डा आधा झुकाउँदै राष्ट्रिय शोक दिवस मनाउने घोषणा गरेका छन्। साथै, मृतकको शवलाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने र शव घरसम्म पु¥याउने जिम्मा सरकारले लिने निर्णय गरिएको छ। जहाँ सडकमार्ग संभव छैन, त्यहाँ हेलिकप्टर प्रयोग गरी शव पु¥याइने उनले स्पष्ट पारे।
कमेन्ट गर्नुहोस्
view comments