पदभार ग्रहणअघि नै टिचिङ अस्पताल पुगे ऊर्जामन्त्री घिसिङ, मृतकका परिवारलाई भेट

18 घन्टा पहिले प्रकाशित

काठमाडौं, भदौ ३० गते ।शीतलनिवासमा शपथ ग्रहणलगत्तै ऊर्जामन्त्री कुलमान घिसिङ त्रिवि शिक्षण अस्पताल पुगेका छन्। उनले भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा ज्यान गुमाएकाहरूका परिवारसँग भेट गरी समवेदना प्रकट गरेका हुन्। आन्दोलनका क्रममा मृत्यु भएका ४६ जनाको शव पोस्टमर्टमका लागि महाराजगन्जस्थित शिक्षण अस्पताल ल्याइएको थियो।

सोमबारसम्म २६ जनाको पोस्टमर्टम सम्पन्न भइसकेको र २३ जनाको शव परिवारले बुझेको अस्पतालले जनाएको छ। तर, ८ शवको पहिचान अझै खुलेको छैन। ती शव डिएनए परीक्षणमार्फत मात्र चिनिन सक्ने अवस्थामा छन्। मृतकका आफन्तहरू अस्पताल परिसरमै रहेका बेला मन्त्री घिसिङले पदभार ग्रहण गर्नुअघि नै त्यहाँ पुगेर उनीहरूसँग संवाद गरेका हुन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?