जनकपुरधाममा जनजीवन सामान्यतर्फ : रेल, बस र विद्यालय सञ्चालनमा

15 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, भदौ ३० गते । जेन–जी आन्दोलनपछि लामो समय अवरुद्ध जनकपुरधामको जनजीवन क्रमशः सामान्यतर्फ फर्किएको छ। आन्दोलनका कारण रोकिएको नेपाल रेल्वे सेवा आइतबारदेखि पुनः सञ्चालनमा आएको छ। भारतमा सर्भिसिङ गरेर ल्याइएको रेल  अबदेखि तीनवटा समयतालिका अनुसार नियमित सेवा सुरु हुने रेल्वे कम्पनीका सहायक केवलबहादुर नेपालीले जानकारी दिए।

यस्तै, आन्दोलनकै कारण बन्द भएको बस सेवा पनि पुनः सञ्चालनमा आएको छ। बस व्यवसायी संघका अध्यक्ष मनोज चौधरीका अनुसार, सुरक्षाका कारण सेवा रोकिएको भए पनि अवस्था सामान्य भएपछि पुनः सुरु गरिएको हो। “यात्रुहरूलाई सहज बनाउन हामीले सेवा सञ्चालनमा ल्याएका हौं,” उनले भने। लामो अवरोधपछि शिक्षा क्षेत्र पनि पटरीमा फर्किँदैछ। एन प्याब्सन जनकपुरधामका अध्यक्ष दीपक ठाकुरले निरन्तर बन्दले प्रभावित विद्यार्थीलाई पठनपाठनमा फर्काउन सोमबारदेखि विद्यालय सञ्चालन गरिने बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?