अर्थमन्त्री खनालको घोषणा : पदको सुविधा त्याग्दै उदाहरणीय सन्देश

23 घन्टा पहिले प्रकाशित

काठमाडौं, भदौ ३० गते । अन्तरिम सरकारका नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदसँग जोडिएका सबै सुविधा त्याग्ने घोषणा गरेका छन्। उनले तलब, मन्त्री क्वार्टर, सवारी सुविधा र पिएसओलगायत कुनै पनि सरकारी सेवा नलिने स्पष्ट बताएका छन्। सपथ लिनुअगावै सार्वजनिक रूपमा यस्तो निर्णय गरेर उनले राजनीतिक संस्कृतिमा नयाँ उदाहरण प्रस्तुत गरेका छन्।

पूर्वअर्थसचिवसमेत रहेका खनाललाई वित्तीय व्यवस्थापनमा दक्ष र अनुशासित पात्रका रूपमा चिनिन्छ। सरकारमा उनको प्रवेशलाई उपयुक्त कदमका रूपमा हेरिएको छ, जसले आगामी आर्थिक सुधार र पारदर्शितामा विश्वास जगाउने अपेक्षा गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?