जनकपुरधाममा Gen Z आन्दोलनपछि क्षतिग्रस्त प्रहरी चौकी पुनर्स्थापनाका लागि स्थानीय एकजुट
1 दिन पहिले प्रकाशित

जनकपुरधाम, भदौ २९ गते । हालै जनकपुरधाममा भएको Gen Z आन्दोलनका क्रममा स्टेशन नजिकको प्रहरी चौकीमा भएको क्षतिपछि स्थानीय वातावरण केही समयका लागि अस्तव्यस्त भएको थियो। चौकीको संरचना र सामग्रीमा क्षति पुगेपछि सुरक्षाकर्मीहरूलाई सेवा सञ्चालनमा कठिनाइ भएको थियो।
यद्यपि, स्थानीय समाजसेवी, सर्वसाधारण र सुरक्षाकर्मीहरूको सक्रिय पहलमा प्रहरी चौकीलाई पुनः व्यवस्थित बनाउन सहयोग भइरहेको छ। स्थानीय स्रोतका अनुसार, समुदायले सामग्री, जनशक्ति र सहयोगमार्फत चौकीलाई यथाशीघ्र सुचारु गर्ने तयारी गरिरहेको छ।
पुनर्स्थापनाका लागि निम्न व्यक्तिहरू र संस्थाहरूले आवश्यक सामग्री प्रदान गरेका छन्:
- अभिषेक चौधरी: ५ थान पंखा
- कैलाश जैन: १ थान दराज
- जितेन्द्र महासेठ: पानी ट्यांकी, धारा, पाइपको सम्पूर्ण सामग्री, १८ थान कपडा ज्याकेट सेट
- सोनु महतो: २५ लिटर पेन्ट
- विजय महतो: १ थान टेबुल र १७ थान गन्जी
- पंकज साह: १ थान टेबुल
- लक्ष्मण मण्डल: ५ थान बाल्टी, ५ थान जग
- सत्रूहन साह (पूर्व वडाध्यक्ष): ५ थान पंखा, १० थान झुल, १० थान बिजली बोर्ड
- रवि साह: २० लिटर पेन्ट
- देवु यादव (हालको वडा नं. १ अध्यक्ष): १२ थान बल्ब, तारको बन्डल
- मोनास्टिक स्कूल: भान्साको सम्पूर्ण सामग्री
सुरक्षाकर्मीहरूले समुदायसँगको सहकार्यमा जनकपुरधाममा शान्ति र सुव्यवस्था कायम राख्दै सामान्य अवस्था फिर्ता ल्याउने विश्वास व्यक्त गरेका छन्।
कमेन्ट गर्नुहोस्
view comments