प्रधानमन्त्री कार्कीले पदभार ग्रहण गर्दै सहिद घोषणा र क्षतिपूर्ति घोषणा
29 दिन पहिले प्रकाशित

काठमाडौँ, भदौ २९ गते । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पदभार ग्रहण गरेलगत्तै जेन–जी आन्दोलनका मृतकलाई सहिद घोषणा गर्ने निर्णय गरेकी छन्। साथै, प्रत्येक मृतकका परिवारलाई तत्काल १०–१० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने घोषणा पनि गरिएको छ।
कार्कीले सिंहदरबार परिसरको पुरानो गृह मन्त्रालय नजिकै बनेको नयाँ भवनमा औपचारिक रूपमा पदबहाली गरिन्। पदभार ग्रहण समारोहमा उच्च पदस्थ कर्मचारीहरूलाई बिहानै उपस्थित गराइएको थियो। पदभार ग्रहणसँगै कार्कीले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारीसमेत अघि बढाएकी छन्।
कमेन्ट गर्नुहोस्
view comments