प्रधानमन्त्री कार्कीको शहीद स्मारकमा श्रद्धाञ्जली

29 दिन पहिले प्रकाशित

काठमाडौँ, भदौ २९ गते । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार बिहान लैनचौरस्थित शहीद स्मारकमा पुगेर श्रद्धाञ्जली अर्पण गरेकी छन्। सिंहदरबारमा पदभार ग्रहण गर्नुअघि उनले स्मारकमा पुष्प अर्पण गर्दै देशका लागि बलिदान दिनेलाई सम्झना गरेकी हुन्।

प्रधानमन्त्री बनेलगत्तै कार्कीले गरेको यो पहिलो सार्वजनिक कार्यक्रम शहीदप्रति सम्मानसम्बन्धी रहेको छ। श्रद्धाञ्जलीका क्रममा उनले शहीदहरूको बलिदान लोकतन्त्रको आधारशिला भएको उल्लेख गर्दै त्यागलाई देशहितमा जोगाउनुपर्ने प्रतिवद्धता व्यक्त गरेकी थिइन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?