सुशीला कार्की आज प्रधानमन्त्रीको हैसियतमा पदभार ग्रहण गर्दै
28 दिन पहिले प्रकाशित

काठमाडौँ, भदौ २९ गते । नवनियुक्त अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की आज पदभार ग्रहण गर्न लागेकी छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार कार्की बिहान ११ बजे सिंहदरबार पुगेर औपचारिक रूपमा कार्यभार सम्हाल्ने कार्यतालिका तय भएको हो। गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गर्ने तयारीसहित सिंहदरबार परिसरमै विशेष कार्यक्रम तय गरिएको बताइएको छ।
शुक्रबार शपथपछि पदभार ग्रहण गर्ने तयारी भए पनि शपथमा ढिलाइ हुँदा कार्यक्रम स्थगित भएको थियो। त्यसयता कार्की शनिबारदेखि नै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै आएकी छन्। पदभार ग्रहणसँगै अन्तरिम सरकारको औपचारिक कार्य प्रारम्भ हुने अपेक्षा गरिएको छ।
कमेन्ट गर्नुहोस्
view comments