धनुषामा राहदानी र राष्ट्रिय परिचयपत्र सेवा स्थगित, अन्य सेवा नियमित सञ्चालन हुने

4 दिन पहिले प्रकाशित

जनकपुरधाम, भदौ २७ गते ।  जिल्ला प्रशासन कार्यालय धनुषाले राहदानी र राष्ट्रिय परिचयपत्र सम्बन्धी सम्पूर्ण सेवाहरू अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ। शुक्रबार जारी गरिएको अत्यन्त जरुरी सूचनामा प्रशासनले शान्ति–सुरक्षा विश्लेषण, केन्द्रीय सर्भर प्रणालीको अवस्था तथा मुलुकभरको परिस्थिति हेरेर यस्तो कदम चालिएको जनाएको हो।

कार्यालयका अनुसार, शान्ति–सुरक्षा, विपद् व्यवस्थापन, मुद्दा सम्बन्धी कार्यसहितका अन्य सामान्य सेवाहरू भने भदौ २९ गते आइतबारदेखि नियमित रूपमा सञ्चालन हुनेछन्। राहदानी र राष्ट्रिय परिचयपत्र सेवा स्थगित हुँदा सर्वसाधारणलाई असुविधा हुने भन्दै प्रशासनले क्षमायाचना गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?