नेपाली सेनाको अपिल : भ्रामक समाचारमा विश्वास नगर्नुहोस्
1 महीना पहिले प्रकाशित

काठमाडौं, भदौ २७ गते । नेपाली सेनाले वर्तमान परिस्थितिमा सेनासम्बन्धी भ्रामक र झूटा समाचारहरू विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत प्रवाह भइरहेको भन्दै आम नागरिकलाई त्यस्ता समाचारमा विश्वास नगर्न आग्रह गरेको छ। सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयमार्फत शुक्रबार जारी विज्ञप्तिमा आधिकारिक सूचनाका लागि तोकिएका निकायसँग मात्र समन्वय गर्न अनुरोध गरिएको छ।
विज्ञप्तिमा सेनाले आफ्ना गतिविधि र धारणा नियमित रूपमा प्रेस विज्ञप्ति, प्रेस नोट तथा आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिरहेको स्पष्ट पार्दै गलत समाचारबाट सचेत रहन आह्वान गरेको छ। साथै, सेनासम्बन्धी थप जानकारी आवश्यक परेमा जनसम्पर्क तथा सूचना निर्देशनालय वा स्थानीय स्तरका पृतना मुख्यालयहरूसँग सम्पर्क गर्न सकिने उल्लेख गरिएको छ।
कमेन्ट गर्नुहोस्
view comments