रौतहटमा निषेधाज्ञा र कर्फ्यु लागू, अत्यावश्यक आवतजावतका लागि दुई घण्टा छुट

1 महीना पहिले प्रकाशित

जनकपुरधाम, भदौ २७ गते । जिल्ला प्रशासन कार्यालय रौतहटले आज बिहानदेखि शनिबार बिहानसम्म निषेधाज्ञा र कर्फ्यु आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले जारी गरेको सूचनाअनुसार शुक्रबार बिहान ६:०० बजेदेखि साँझ ७:०० बजेसम्म निषेधाज्ञा लागू हुनेछ भने साँझ ७:०० बजेदेखि भोलि बिहान ६:०० बजेसम्म कर्फ्यु आदेश जारी गरिएको छ।

प्रशासनले अत्यावश्यक आवतजावतका लागि शुक्रबार साँझ ५:०० बजेदेखि ७:०० बजेसम्म दुई घण्टाको समय तोकेको छ। निषेधाज्ञा वा कर्फ्युको अवधिमा सभा, जुलुस, प्रदर्शन, बैठक, पोस्टर–पर्चा टाँस्ने, लेख्ने तथा पाँच जनाभन्दा बढी भेला हुने गतिविधि पूर्ण रूपमा निषेध गरिएको प्रशासनले स्पष्ट पारेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?