नयाँ बसपार्कबाट बस सञ्चालन पुनः सुरू, यातायात व्यवसायी संस्थागत व्यवस्थापनमा

7 दिन पहिले प्रकाशित

काठमाडौं, भदौ २७ गते ।  जेनजी आन्दोलनका कारण भदौ २३ र २४ गते सरकारले कर्फ्यु र निषेधाज्ञा जारी गरेपछि बन्द भएका यात्रुबाहक बसहरू आजदेखि पुनः सञ्चालनमा आएका छन्। गोँगबुस्थित नयाँ बसपार्कबाट बिहानैदेखि उपत्यकाबाहिरका विभिन्न गन्तव्यका लागि बसहरू छुट्न थालेका छन्। लोत्से बहुउद्देश्यीय प्रालिका मानव संसाधन प्रमुख पङ्कज मल्लका अनुसार आज बिहान ७ बजेदेखि १० बजेसम्म दर्जनौँ सवारीसाधन उपत्यकाबाट प्रस्थान गरेका छन्।

यसअघि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले विषम परिस्थितिका कारण सवारीसाधन नचलाउन मातहतका संघसंस्थालाई निर्देशन दिएको थियो। तर हाल बसहरू व्यवसायीहरूको व्यक्तिगत पहलमा सञ्चालनमा आएका हुन्। महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले आगामी दिनमा यातायात सञ्चालनलाई संस्थागत रूपमा व्यवस्थित गर्न सुरक्षा निकाय र सम्बन्धित मन्त्रालयसँग समन्वय भइरहेको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?