राष्ट्रपति पौडेलको अपिल : "लोकतन्त्र संरक्षण र शान्ति कायम गर्न सबैको सहयोग आवश्यक"

7 दिन पहिले प्रकाशित

काठमाडौं, भदौ २६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान संकटपूर्ण परिस्थितिमा मुलुकलाई संविधानको दायरामा रही निकास दिने प्रयास भइरहेको बताएका छन्। मंगलबार जारी अपिलमा उहाँले लोकतन्त्रको संरक्षण र शान्ति–सुव्यवस्था कायम गर्न निरन्तर विचार–विमर्श तथा पहल भइरहेको जनाउनुभयो।

आन्दोलनरत नागरिकहरूको माग सम्बोधन गर्न सरकार छिटो समाधान खोज्दै गरेको भन्दै राष्ट्रपति पौडेलले सबै पक्षलाई संयमित रहन र शान्ति कायम गर्ने कार्यमा सहयोग गर्न आग्रह गर्नुभयो। उहाँले मुलुकलाई स्थायित्व र निकास दिने जिम्मेवारी सबैको साझा दायित्व रहेको स्पष्ट गर्नुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?