नेपाली सेनाको सक्रियता : कैदी नियन्त्रणदेखि शङ्कास्पद वस्तु निस्क्रियसम्म
1 महीना पहिले प्रकाशित

काठमाडौं, भदौ २६ गते । सुरक्षा निकायहरूको संयुक्त परिचालनसँगै सोमबार साँझदेखि मंगलबार बिहानसम्म विभिन्न जिल्लामा महत्त्वपूर्ण सुरक्षा गतिविधिहरू सम्पन्न भएका छन्। नेपाली सेनाले सप्तरीको राजविराज कारागारबाट भाग्ने प्रयासमा रहेका १९२ कैदीलाई नियन्त्रणमा लिएको छ भने कञ्चनपुरको चाँदनी क्षेत्रबाट भारततर्फ भाग्न खोजेका सात जनालाई भारतीय सीमा सुरक्षा बलले पक्राउ गरी सेनालाई हस्तान्तरण गरेको छ। यसबाहेक, एक कैदीलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् भने १२ जना आफैं कारागारमा फर्किएका छन्। रामेछाप कारागारमा भएको झडप नियन्त्रणका क्रममा सेनाले गोली चलाउँदा दुई कैदीको मृत्यु भएको र १२ जना घाइते भएको पुष्टि भएको छ।
यसैबीच, काभ्रेपलान्चोकको बनेपा नगरपालिका–९ नयाँ बस्तीमा भेटिएको शङ्कास्पद वस्तु नेपाली सेनाले सुरक्षित रूपमा डिस्पोज गरेको छ। सुरक्षा निकायको संयुक्त अभियानमा हालसम्म ९४ नाल विभिन्न हतियार बरामद गरिएको समेत जानकारी गराइएको छ।
कमेन्ट गर्नुहोस्
view comments