जेन–जी बैठकमा सर्वमान्य नेताको खोजी, सुशीला कार्की चर्चामा

1 महीना पहिले प्रकाशित

काठमाडौं, भदौ २५ गते । चार घण्टादेखि जारी जेन–जीको भर्चुअल बैठकमा सहभागीहरूले सर्वमान्य नेताको पहिचानको प्रयास गरिरहेका छन्। बैठकमा सहभागी सागर ढकालले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीबारे चर्चा गर्दै आफ्नै सर्कलमा गरिएको सर्वेक्षणमा ९२ प्रतिशत समर्थन प्राप्त भएको जानकारी दिएका छन्।

नेपाली सेनाले जेन–जी प्रतिनिधिसँग संवाद जारी राखिरहेको अवस्थामा, विभिन्न नेताका विकल्पबारे छलफल भइरहेका छन्। तर, बिहानदेखि जारी छलफलले अहिलेसम्म सबैले मान्ने उपयुक्त प्रतिनिधि भेट्न सकेको छैन। बैठकमा सहभागीहरूले सर्वसम्मत नेता खोज्दा कार्की सही विकल्प हुन सक्ने निष्कर्ष निकालेका छन्। सागर ढकाल, जो डडेल्धुराबाट कांग्रेस सभापति शेरबहादुर देउवासँग २०७९ सालको निर्वाचनमा प्रतिस्पर्धा गरी चर्चित भएका थिए, अहिले धनगढीमा रहेका कारण काठमाडौँ आउन यातायात अवरुद्ध हुनु समस्या भएको जनाएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?