त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः संचालन

1 महीना पहिले प्रकाशित

काठमाडौं, भदौ २५ गते । नेपाल नागरिक उड्डयन प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै, विषम परिस्थितिका कारण भदौ २४ गते बन्द गरिएको हवाई उडानहरू भदौ २५ गतेदेखि पुनः संचालनमा ल्याउने निर्णय भएको जनाएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा समितिको बैठकले यो निर्णय गरेको हो।

यात्रुहरूलाई आफ्नो उडान समयको जानकारी लिन आ-आफ्नो एयरलाइन्ससँग सम्पर्क गरी मात्र विमानस्थलमा उपस्थित हुन अनुरोध गरिएको छ। साथै, आधिकारिक हवाई टिकट र परिचय प्रमाणपत्रहरू साथमा राख्नुपर्ने जनाइएको छ। सूचना भदौ २५ गते दिउँसो ३:३० बजे जारी गरिएको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?