जसपा मधेश प्रदेश अध्यक्ष अशोक यादव पक्राउ

1 महीना पहिले प्रकाशित

जनकपुरधाम, भदौ २५ गते । जसपाका मधेश प्रदेश अध्यक्ष अशोक यादवलाई सर्लाही प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालयको टोलीले उनलाई आज दिउँसो मलंगवाको शिवसागर चोकबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार यादवमाथि प्रहरी उपरीक्षकलाई गाली गरेको, आपराधिक उपद्र र राज्यविरुद्धको गतिविधिमा संलग्न भएको आरोप छ। केही दिनअघि प्रहरी प्रमुखसँगको गालिगलौज अडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उनी फरार भएका थिए।

असारको अन्तिम सातामा पूर्वाधार विकास कार्यालय मलंगवामा भुक्तानी विवादका क्रममा यादवले सर्लाही प्रहरी प्रमुखलाई गाली गरेका थिए। त्यसयता लुक्दै आएका उनलाई आज पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सरोज राईका अनुसार यादवविरुद्ध थप अनुसन्धान अघि बढाइने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?