विराटनगर बाल सुधार गृहबाट सबै बालबन्दी फरार
1 महीना पहिले प्रकाशित

जनकपुरधाम, भदौ २५ गते । विराटनगर महानगरपालिका–३ स्थित बाल सुधार गृहका सबै बालबन्दी बुधबार बिहान फरार भएका छन्। समूहगत रूपमा सुधार गृह तोडेर निस्किएका उनीहरू चर्को होहल्ला गर्दै बाहिरिएका हुन्।
सुधार गृहमा करिब साढे दुई सय बालबन्दी रहेका जनाइएको छ। सुरक्षाकर्मीले फरार बालबन्दीहरूको खोजी कार्य सुरु गरे पनि उनीहरू ठूलो समूहमा निस्किएको हुँदा नियन्त्रणमा लिन कठिनाइ भएको बताइएको छ।
कमेन्ट गर्नुहोस्
view comments