आगजनीपछि सर्वोच्च अदालतले त्रिपाल माग गर्दै सार्वजनिक अपिल
1 महीना पहिले प्रकाशित

काठमाडौं, भदौ २५ गते । मंगलबार सर्वोच्च अदालतमा भएको आगजनीपछि कार्यालयका कर्मचारीहरू तत्कालीन जोखिमबाट बच्न सामान ओसारपसारमा व्यस्त छन्। नजलेका फाइल र अन्य महत्वपूर्ण सामग्री सुरक्षित राख्न कठिनाइ भएपछि अदालतले त्रिपाल उपलब्ध गराउन सार्वजनिक अपिल गरेको हो।
सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेका अनुसार अत्यन्त संवेदनशील कागजात तथा सामग्री जोगाउन त्रिपाल अपरिहार्य भएको बताइएको छ। “यो सार्वजनिक अपिल हो। कसैले सहयोग गर्न पर्यो,” उनले भने। अदालतले क्षतिग्रस्त संरचना मर्मतका साथै सामग्री सुरक्षित गर्ने कार्यलाई प्राथमिकतामा राखेको जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments