महोत्तरीमा कर्फ्यू आदेश अनिश्चितकालका लागि निरन्तर
1 महीना पहिले प्रकाशित

जनकपुरधाम, भदौ २५ गते । महोत्तरी जिल्लाभर लगाइएको कर्फ्यू आदेशलाई निरन्तरता दिइएको छ। प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालका अनुसार मङ्गलबार साँझ ६:४० बजेदेखि भदौ २५ गते बिहान ८ बजेसम्म लागू गरिएको कर्फ्यू अब अर्को आदेश नभएसम्म कायम रहनेछ।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार जारी आदेशले सभासम्मेलन, जुलुस, धर्ना र भीडभाडजस्ता गतिविधि पूर्णरूपमा निषेध गरिएको छ। प्रशासनले कर्फ्यू उल्लङ्घन गर्नेहरूमाथि प्रचलित कानुनअनुसार कडा कारबाही हुने चेतावनी दिएको छ। स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(क) बमोजिम जिल्लाभर कर्फ्यू लागू गरिएको सूचना सार्वजनिक गरिएको छ।
कमेन्ट गर्नुहोस्
view comments