महोत्तरी जलेश्वर कारागारबाट ५७२ कैदी फरार, खोजी अभियान जारी

1 महीना पहिले प्रकाशित

जनकपुरधाम, भदौ २५ गते । महोत्तरीको जलेश्वर कारागारबाट मङ्गलबार साँझ ५७२ जना कैदी फरार भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार साँझ करिब ७ बजे कारागारभित्रका कैदी र बाहिरका प्रदर्शनकारीले संयुक्त रूपमा पर्खाल भत्काएर उनीहरू भागेका हुन्। करिब पाँच सयभन्दा बढी लाठीसहितका प्रदर्शनकारीले कैदीहरूसँग हातेमालो गरेका थिए भने भान्सामा प्रयोग हुने दाउरा प्रयोग गरी पर्खाल भत्काइएको प्रहरीले जनाएको छ।

घटनापछि फरार कैदीहरूको खोजी कार्य तीव्र पारिएको प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिएका छन्। सुरक्षाकर्मीहरूले आसपासका क्षेत्रमा खोजतलास जारी राखेका छन् भने कारागार परिसरमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?