असामान्य परिस्थितीका बीच त्रिभुवन विमानस्थल साँझ ६ बजेसम्म बन्द

1 महीना पहिले प्रकाशित

काठमाडौं, भदौ २५ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज साँझ ६ बजेसम्म बन्द रहने भएको छ। विमानस्थलका प्रवक्ता रिन्जी शर्पाका अनुसार पछिल्ला दिनमा उत्पन्न असामान्य परिस्थितिका कारण सबै उडान स्थगित गरिएको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलबार नै सूचना जारी गर्दै विमानस्थल वरपर देखिएको बाक्लो धुँवा र अवतरण मार्गमा देखिएका अवरोधहरूले उडान सुरक्षामा प्रत्यक्ष असर पारेको जनाएको थियो।

विमानस्थल प्रशासनले परिस्थिति नियन्त्रणमा आएपछि मात्र पुनः सञ्चालन सुरु गरिने जनाएको छ। यसबीच यात्रुहरूलाई धैर्य गर्न अनुरोध गरिएको छ भने सम्बन्धित एयरलाइन्समार्फत उडान तालिकाबारे निरन्तर जानकारी लिइरहन आग्रह गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?