जेनजी आन्दोलनको प्रभावः भारतले जमुनाहा नाका बन्द गरे, आपतकालीन मात्र आवतजावत
1 महीना पहिले प्रकाशित

काठमाडौं, भदौ २५ गते । जेनजी आन्दोलनका कारण नेपालमा बिग्रिँदो अवस्थालाई मध्यनजर गर्दै भारतले नेपाल–भारत सीमास्थित जमुनाहा नाका बन्द गरेको छ। रुपैडिहास्थित भारतीय प्रहरी थानाका प्रमुख रमेशसिंह रावतका अनुसार बुधबार बिहानदेखि सामान्य आवतजावत पूर्ण रूपमा रोकिएको हो। बिरामी, एम्बुलेन्स र आपतकालीन अवस्थामा रहेका नेपाली नागरिकलाई मात्र भारत प्रवेश गर्न दिइएको छ भने भारतीय नागरिकलाई नेपाल प्रवेश नगर्न भनिएको छ। मंगलबारदेखि नै भारतीय सुरक्षाकर्मीहरूले कडाइ गरेका थिए, तर अवस्था थप गम्भीर भएपछि नाका नै बन्द गरिएको जनाइएको छ।
यता, मङ्गलबार दिउँसो प्रदर्शनकारीहरूले जमुनाहा चेकपोस्ट र भन्सार यात्रु शाखामा तोडफोड तथा आगजनी गरेपछि त्यहाँ तैनाथ नेपाली सुरक्षाकर्मीहरू रातभरि अनुपस्थित रहेको स्थानीयहरूले बताएका छन्। तर, बुधबार बिहानदेखि नेपाली सेना कमान्ड सम्हालेसँगै नाका र नेपालगन्ज बजारमा सुरक्षा व्यवस्था कडा पारिएको छ र अवस्था सामान्य बन्दै गएको जनाइएको छ।
कमेन्ट गर्नुहोस्
view comments