कालिमाटी चोकमा प्रहरीले गोली चलाउँदा दुई प्रदर्शनकारीको मृत्यु

9 घन्टा पहिले प्रकाशित

काठमाडौं, भदौ २४ गते ।  काठमाडौंको कालिमाटी चोकमा मंगलबार दिउँसो भएको झडपमा प्रहरीले गोली चलाउँदा दुई प्रदर्शनकारीको ज्यान गएको छ। जेनजी युवाहरूले सुरु गरेको विरोध प्रदर्शन नियन्त्रण गर्ने क्रममा प्रहरी र प्रदर्शनकारीबीच तीव्र तनाव चर्किँदै जाँदा घटनाले गम्भीर मोड लिएको हो।

प्रत्यक्षदर्शीका अनुसार दिउँसो करिब २ बजे भएको भिडन्तमा दुई युवालाई टाउकोमा गोली लागेको थियो। घटनापछि कालिमाटी क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने स्थिति तनावपूर्ण बनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?