मधेसका मुख्यमन्त्री सतीस कुमार सिंहले राजीनामा दिने तयारी, पार्टीले केपी ओली सरकारको समर्थन फिर्ता लिने निर्णय
9 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, भदौ २४ गते । मधेस प्रदेशका मुख्यमन्त्री सतीस कुमार सिंहले आफ्नो पदबाट राजीनामा दिन लागेको घोषणा गरिएको छ। पार्टीका प्रवक्ता शरदसिंह यादवका अनुसार, अध्यक्ष सीके राउतको निर्देशनअनुसार मुख्यमन्त्रीले पदबाट हट्ने तयारी गरिरहेका छन्। यादवले यसबारे जानकारी दिँदै राजीनामा प्रक्रिया शीघ्र अघि बढाउने बताए।
त्यसैगरी, यादवले पार्टीले केन्द्रमा केपी ओली नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको बताए। पार्टीको यस निर्णयले राजनीतिक समीकरणमा महत्वपूर्ण प्रभाव पार्ने अनुमान गरिएको छ।
कमेन्ट गर्नुहोस्
view comments