जनकपुरधाममा सुरक्षा बढ्दै: चारकिल्लाभित्र कर्फ्यू जारी
10 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, भदौ २४ गते । जनकपुरधाममा बढ्दो सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय धनुषाले कर्फ्यू आदेश जारी गरेको छ। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार २४ भदौ दिउँसो ३ बजेदेखि अर्को सूचना नआएसम्म चारकिल्लाभित्र कुनै पनि भेला, जुलुस, प्रदर्शन, सभा वा बैठक गर्न पूर्ण रोक लगाइएको हो। आदेश स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम लागू गरिएको छ र यसले तोकिएको क्षेत्रभित्र सर्वसाधारणको हिँडडुलमा समेत कडाइ गरेको छ।
कर्फ्यू क्षेत्रको सीमांकन उत्तरमा मधेश भवनदेखि दुधमती पुलसम्म, पूर्वमा जलाद पुल, दक्षिणमा हनुमाननगरको सिक्स लेन चोक र पश्चिममा ढल्केवर–भिठ्ठामोड हाईवेअन्तर्गत जनकपुर क्षेत्रसम्म फैलिएको छ। प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले आदेश उल्लंघन गर्ने व्यक्तिविरुद्ध कानूनी कारबाही हुने चेतावनी दिएका छन्।
कमेन्ट गर्नुहोस्
view comments