जेनजी आन्दोलन दोस्रो दिन उग्र, शीर्ष नेताहरूका निवास लक्षित प्रदर्शन
14 घन्टा पहिले प्रकाशित

काठमाडौं, भदौ २४ गते । दोस्रो दिन उत्रिएका जेनजी आन्दोलनकारीहरूले प्रमुख दलका शीर्ष नेताहरूका निवासलाई नै लक्षित गर्दै प्रदर्शन चर्काएका छन्। काठमाडौं उपत्यकाका तीनै जिल्ला प्रशासनले बिहानैदेखि कर्फ्यू आदेश जारी गरे पनि युवाहरूले अवज्ञा गर्दै ठाउँ–ठाउँमा प्रदर्शनलाई निरन्तरता दिएका छन्।
प्रदर्शनकारीहरूले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को खुमलटारस्थित निवास घेराउ गर्दै तोडफोड र आगजनी प्रयास गरेका छन्। सूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङको निजी निवासमा समेत आगजनी र क्षति पुर्याइएको छ। यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवास नजिकै, कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठ निवास वरपर, पूर्वगृहमन्त्री रमेश लेखकको निवाससहित नयाँबानेश्वर, कलंकी, कोटेश्वर, नैकापलगायत क्षेत्रमा पनि तीव्र प्रदर्शन भइरहेको छ। सोमबार भएको प्रहरी दमनमा काठमाडौँ र सुनसरीमा १९ जनाको ज्यान गएपछि प्रदर्शनकारीहरू अझ आक्रोशित बनेका हुन्।
कमेन्ट गर्नुहोस्
view comments