जेनजी आन्दोलनले बालेनलाई देशको नेतृत्वमा आह्वान

14 घन्टा पहिले प्रकाशित

काठमाडौं, भदौ २४ गते । देशभर चर्किँदै गएको जेनजी आन्दोलनले काठमाडौं महानगर प्रमुख बालेन शाहलाई ‘देश बचाउन नेतृत्व लिन’ आह्वान गरेको छ। संसद विघटनदेखि उच्च अधिकारीको निलम्बनसम्मका माग अघि सारेका आन्दोलनकारीहरूले अन्तरिम सरकार गठन गरी शीघ्र निर्वाचन गराउनुपर्ने बताएका छन्। आन्दोलन सफल भए बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउनुपर्ने आवाज पनि उठ्न थालेको छ।

सोमबारदेखि सुरू भएको विरोध प्रदर्शन राति मसाल जुलुसमा परिणत हुँदै देशैभर फैलिएको छ। यस्ता जुलुस तथा विदेशमा भएका कार्यक्रमहरूमा समेत बालेनको समर्थनमा नारा घन्किएका छन्। सामाजिक सञ्जालमा बालेनलाई अबको प्रधानमन्त्री बनाउनुपर्ने अभियान चलेको छ। एकै दिन १९ जनाको सहादतपछि ओली सरकारमाथि चर्को दबाब परेको जेनजी आन्दोलनकारीहरूको भनाइ छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?