वीरगञ्जमा कर्फ्यू अवधि थप, स्थिति अझै तनावपूर्ण

7 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, भदौ २४ गते । पर्सा जिल्ला प्रशासन कार्यालयले वीरगञ्ज महानगर क्षेत्रमा लगाइएको निषेधाज्ञा (कर्फ्यू)को अवधि आज अपराह्न ६ बजेसम्म थप गरेको छ। ‘जेनजी’ समूहको आन्दोलनसँगै सोमबार राति ९ बजेदेखि लागू भएको कर्फ्यू सुरुमा आज बिहान ९ बजे सकिने भनिए पनि शान्ति–सुरक्षाको अवस्था सहज नभएकाले थपिएको हो।

प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीका अनुसार बिहान ११ बजेदेखि अपराह्न ६ बजेसम्म कर्फ्यू जारी रहनेछ। स्थानीय प्रशासन ऐन २०२८ बमोजिम बाइपास रोडदेखि सिर्सिया पुलसम्म पश्चिम–पूर्व, गण्डकचोकदेखि शंकराचार्यगेटसम्म उत्तर–दक्षिण क्षेत्रलाई प्रतिबन्धित क्षेत्र तोकिएको छ। यस अवधिमा कुनै पनि प्रकारको सभा, जुलुस, प्रदर्शन वा घेराउ गर्न नपाइने प्रशासनले चेतावनी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?