‘अलोकतान्त्रिक दमन’को विरोधमा मन्त्री अधिकारीको राजीनामा
14 घन्टा पहिले प्रकाशित

काठमाडौं, भदौ २४ गते । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले मंगलबार पदबाट राजीनामा दिएका छन्। सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै उनले भाद्र २३ गतेको घटनालाई ‘अलोकतान्त्रिक कदम’ र ‘दमन’ भन्दै विरोधस्वरूप राजीनामा दिएको स्पष्ट पारेका हुन्। विज्ञप्तिमा उनले सरकारको कदमका कारण आफूलाई अपराधबोध भएको र नैतिकताको खिलाफ भएकाले पदमा बसिरहन नसक्ने बताएका छन्।
नेपाली कांग्रेसका सांसद समेत रहेका अधिकारीले मुलुकभित्र व्याप्त भ्रष्टाचार र अभिव्यक्ति स्वतन्त्रतामाथि भएको नियन्त्रणविरुद्ध युवापुस्ताले उठाएको आवाजलाई दमन, हत्या र बल प्रयोगमार्फत थिच्ने प्रयास तानाशाहीतर्फको संकेत भएको उल्लेख गरेका छन्। उनले “देश निर्माण गर्न सहकार्य गर्नुपर्ने पुस्तासँग कसरी युद्धजस्तो व्यवहार हुन पुग्यो?” भन्दै प्रश्न उठाएका छन्। कलिला छोराछोरीहरूको हत्या र दमनपछि सरकारमा बसिरहनु आफ्नो नैतिकता र दलले दिएको शिक्षाको विरुद्ध हुने भन्दै उनले पद त्यागेको स्पष्ट पारेका छन्। अधिकारी गत असार ३१ गते मन्त्री बनेका थिए।
कमेन्ट गर्नुहोस्
view comments