प्रचण्ड निवासमा तोडफोड, जेन–जी आन्दोलन थप उग्र
17 घन्टा पहिले प्रकाशित

काठमाडौं, भदौ २४ गते ।काठमाडौं उपत्यकामा जारी जेन–जीको दोस्रो दिनको आन्दोलन मंगलबार थप उग्र बनेको छ। ललितपुर र काठमाडौंका विभिन्न स्थानमा सडक अबरुद्धसँगै प्रदर्शन भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को खुमलटारस्थित निवासमा समेत आक्रमण भएको छ।
प्रदर्शनकारीहरूले प्रचण्डको निवासमा ढुंगा प्रहार गरी तोडफोड गरेको प्रहरीले जनाएको छ। प्रधानमन्त्रीविरुद्धको नाराबाजीसँगै चोकचोकमा टायर बालिएको आन्दोलनले राजधानीमा सुरक्षा चुनौती बढाएको छ।
कमेन्ट गर्नुहोस्
view comments